आजको अभिभावक भेला सम्पन्न

  • 0

आजको अभिभावक भेला सम्पन्न

Category : NEWS , Uncategorized

असोज १ खजुरा, अरुणोदय स्कुल खजुराको अभिभावक भेला यहि असोज १ गते सम्पन्न भएको छ । उक्त अवसरमा शिक्षा मन्त्रालयले जारी गरेको विद्यार्थी सहजीकरण निर्देशिका अनुसार विभिन्न माध्यमबाट सिकाइ गर्ने र पठन पाठन सञ्चालन गर्ने बारे छलफल भएको र असोज ७ गते भित्र विद्यार्थी भर्ना गर्न अभिभावकलाइ अनुरोध गरिएको छ । आजको भेलामा उपस्थित हुनुभएका अभिभावकहरुको शरीरको तापक्रम चेक गर्ने, सनिटाइजर लगाएर भित्र प्रवेश गराउने र भौतिक दूरी कायम गरी बस्ने व्यवस्था गरिएको थियो । कोभिड-१९ को कारणले लामो समयसम्म बन्द रहेको विद्यालय खोल्न अनि आफ्ना नानिबाबुहरूको शैक्षिक स्तर कसरी वृद्धि गर्ने, कसरी सुरक्षितसँग उनीहरूलाई विद्यालयमा पठाउने, कसरी अनलाइन मार्फत पढाउने र यस वर्षदेखि अरुणोदय विद्यालयमा कक्षा ११ सञ्चालन हुन गइरहेको आदि कुराहरूको बारेमा आजको अभिभावक भेलामा छलफल भएको छ । कोभिड-१९ को लागि गरिने नियम पालना गरी विद्यालय खुल्दै गरेको कुराप्रति उपस्थित अभिभावकहरूले सकारात्मक प्रतिक्रिया दिनुभएको छ । साथै सम्पूर्ण अभिभावकहरुलाई असोज ७ गते सम्म विद्यार्थी भर्ना र पाठ्यपुस्तक खरिदका लागि अनुरोध गरिएको छ ।


Leave a Reply